भरतपुर अस्पतालमा उपचाररत सङ्क्रमितको मृत्यु

Last Updated Date:

काठमाडौँ। कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उप–महानगरपालिका वडा नम्बर ९ प्रगतिटोलका ६६ वर्षीय पुरुष हुन् ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको बुधबार साँझ ६ः१५ बजे मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top