स्याङ्जाका सङ्क्रमितको पोखरामा मृत्यु

Last Updated Date:

काठमाडौँ। कोरोना भाइरस(कोभिड-१९)को संक्रमणबाट पोखरामा स्याङ्जाकी एक महिलाको मृत्यु भएको छ ।

असोज २६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा भिरकोट नगरपालिका–२ का ५२ वर्षीय महिलाको बुधबार मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा हालसम्म उपचारका क्रममा १३ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १२७ पुगेको छ । प्रदेशमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का छ जना, तनहुँका दुई जना, स्याङ्जा तथा लमजुङका एक/एक जना छन् ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top