उपत्यकामा २४ घण्टामा थप दुई हजार १२९ जनामा कोरोना संक्रमण

Last Updated Date:

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर दैनिक रुपमा बढिरहेका बेला पछिल्लो २४ घण्टामा थप दुई हजार १२९ जना नयाँ संक्रमित भेटिएका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा दुई हजार १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा १ हजार ७४६, ललितपुरमा २१६ र भक्तपुरमा १६७ जना संक्रमित थपिएका हुन् । उपत्यकामा जारी निषेधाज्ञा हटेसंगै संक्रमितको संख्या लगातार बढिरहेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा मुलुकभर ३ हजार ५५६ नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसंगै देशभर संक्रमितको कूल संख्या एक लाख १५ हजार ३५८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये १५ हजार ४८ जना संस्थागत आइसोलेशनमा छन् भने २० हजार ८६७ जना होम आइसोलेशनमा रहेका छन् ।

यस्तै गत २४ घण्टामा एक हजार ५०३ जना संक्रमणमक्त भएर घर फर्केका छन् । संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेको कूल संख्या ७८ हजार ७८० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १८ को मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ६६३ पुगेको छ ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top