कोरोना संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु

रुपन्देही। रुपन्देहीमा कोरोना भाइरसको सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको सोमबार बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

असोज १९ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २० गते कोरोना बिशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका-१० का सङ्क्रमित पुरुषको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको गौतमले जानकारी दिए ।

योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्युहुनेको सङ्ख्या ४० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *