स्पुत्निक-भीको विश्वसनीयता बढ्दै : रुसी राष्ट्रपति पुटिनका आफन्तले लिए खोप

Last Updated Date:

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका नातेदार तथा उनका नजिकका मानिसहरुले कोभिड-१९ बिरुद्ध रुसले तयार पारेको स्पुत्निक-भी नामक भ्याक्सिन लिएको समाचार बाहिर आएको छ। राष्ट्रपति पुटिनको भनाइ उद्धृत गर्दै इरानको सरकारी संचारमाध्यम प्रेस टिभीको अनलाइन संस्करणले यस सम्बन्धि समाचार सार्वजनिक गरेको हो।

‘मेरा नजिकका नातेदारहरु, अन्य निकटस्थ व्यक्तिहरु र मसंग काम गर्नेहरुले यो भ्याक्सिन लिइसकेका छन् र यस्तो संख्या केही दर्जनमा अर्थात् करिब पचास जति पुगिसकेका छ’, पुटिनले गत मंगलबार रुसी सरकारी समाचार प्रदायक संस्था तासलाइ बताएको प्रेस टिभीको समाचारमा उल्लेख गरिएको छ।

रुसी रक्षा मन्त्रालयको लगभग सबै कमाण्ड र अन्य बिशेष सेवादायी निकायहरुमा कार्यरत कर्मचारीहरुलाइ पनि भ्याक्सिन उपलब्ध गराइएको राष्ट्रपतिको भनाइ थियो।

रुस संसारमा कोरोन भाइरस बिरुद्धको खोपको दर्ता गराउने पहिलो राष्ट्र हो । गत अगष्ट महिनाको अन्त्यतिर राष्ट्रपति पुटिनले आफ्नी कान्छी छोरीले समेत खोप लिएको बताएका थिए। सो खोपको कुनै साइड इफेक्ट पनि नदेखिएको र त्यसले कोरोना प्रतिरोधी क्षमताको विकास गरेको उनले दावी गरेका थिए।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top