कोरोना संक्रमणबाट ९२ वर्षीय वृद्धको मृत्यु

काठमाडौँ। चितवनमा कोरोना भाइरसको संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका १ का ९२ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले ती वृद्धको आज अपराह्न २ः१३ बजे मृत्यु भएको जानकारी दिए । उनमा दुई दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

लामो समयदेखि दम तथा उच्च रक्तचापको समस्या रहेको उनमा पछिल्लो समय खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार बेलुका ७ बजे अस्पताल भर्ना गराइएको थियो । उनको कोभिड आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *