कोरोना अपडेट : २४ घण्टामा थप १५ सय ५१ जनामा संक्रमण, ९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिरहेका बेला गत २४ घण्टामा थप १ हजार ५५१ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ५५१ नयाँ सङ्क्रमित थपिएको जानकारी दिएको हो ।

मंगलबार मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएकासहित देशभर कूल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको जानकारी दिए ।

त्यस्तै कोरोनाबाट गत २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ५६३ पुगेको छ ।

कोरोना संक्रमण बढिरहेका बेला निको हुनेको संख्या पनि उलेख्य रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्र थप २ हजार ३४० जना संक्रमणमुक्त भएर घर फर्केका छन् । यससँगै निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन् ।

हालसम्म पीसीआर विधिबाट १० लाख ९९ हजार २७६ परीक्षणहरु गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी २४ घण्टामा जम्मा ११ हजार ४७ पीसीआर परीक्षण भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *