प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव पारित

काठमाडौँ। प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव पारित भएको छ। प्रदेश सभाको मंगलबार भएको मतदानबाट दुई तिहाइ बहुमतले उक्त प्रस्ताव पारित भएको हो ।

कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो । जसमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताए । भोटिङमा बहुमत आएसँगै अब प्रदेश ५ को स्थायी राजधानी देउखुरी कायम भएको छ ।

प्रदेशको राजधानी दाङ राख्ने कि बुटवल भन्नेमा तीव्र विवाद हुँदा सोमबारको बैठकमा काँग्रेस सांसदहरुले कुर्सी तोडफोड समेत गरेका थिए ।

अब केही बेरमा प्रदेश ५ को नाम लुम्बिनी राखियोस् भन्ने प्रस्तावमा मतदान हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *