बिपी प्रतिष्ठानमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत एक सङ्क्रमितको सोमबार बिहान मृत्यु भएको छ । धरान–१५ का ५५ वर्षीय पुरुषको बिहान ६ः४५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मिर्गौलासम्बन्धी रोग भएका उनलाई असोज १६ गते अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

यससँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *