कर्णालीमा चार हजार सङ्क्रमित, तीन हजार सङ्क्रमणमुक्त

कर्णाली। मुलुकभर कोरोना संक्रमण बढिरहेका बेला कर्णालीमा आइतबार ६१ जना संक्रमित थपिएका छन् । यद्यपि आज २० जना मात्र कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा ५८ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा तीन गरी ६१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

“६१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या तीन हजार ८४१ पुगेको छ”, कँडेलले भने, “तीन हजार ११० व्यक्ति भने सङ्क्रमणमुक्त भएका छन् ।” सङ्क्रमितमा सुर्खेतका ५२, दैलेखका छ तथा कालीकोट, जाजरकोट र रुकुम(पश्चिम)का एकएक व्यक्ति रहेको उनले जानकारी दिए ।

अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा कोरोना सङ्क्रमण पुष्टि हुनेमा कन्ट्याक्ट ट्रेसिङमा परेका ४८, एनसिसी बैंकका चार, विद्यार्थी दुई तथा आँखा अस्पताल, नेपाल टेलिकम, व्यापार र मजदूरी क्षेत्रका एकएक व्यक्ति छन् ।

दैलेखमा भने तीन नागरिकमा सङ्क्रमण देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *