काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५०० नाघेको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसंगै मृतकको संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३ जनाको मृत्यु भएको छ । मृतकमा सुनसरीका ५६, ५० र २७ वर्षीय पुरुष रहेका छन् । यसैगरी बागमती प्रदेशमा काठमाडौँ उपत्यकाका ४ जना रहेका छन् । जसमा काठमाडौंका ७८ र ६८ वर्षीय तथा भक्तपुरकाका ६८ र ललितपुरमा ४८ वर्षीय पुरुष पुरुष रहेका छन् ।
यसैगरी प्रदेश ५ को बाँकेकी ३४ वर्षीय महिलाको पनि मृत्यु भएको छ भने रुपन्देहीमा ८०, ५५ र ४२ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर एक हजार ९११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कुल संख्या ७९ हजार ७२८ पुगेको छ ।