सुनको मूल्य बढ्यो,तोलाको कति?

काठमाडौं। सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार ९०० रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार २०० रूपैयाँ तोकेको छ। सोमबार स्थिर रहँदै तोलामा ९३ हजार ३०० रूपैयाँ कायम थियो।

यस्तै, तेजाबी सुनको भाउ तोलामा ९३ हजार ७०० रूपैयाँ कायम भएको छ। हिजो ९२ हजार ८०० रुपैयाँ थियो।

त्यसैगरी, प्रतितोला २५ रूपैयाँले बढेको चाँदीको मूल्य एक हजार १७५ रुपैयाँ तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *