कोरोनाबाट सप्तरीका एक पुरुषको धरानमा मृत्यु 

काठमाडौँ । कोरोना सङ्क्रमणबाट सप्तरीमा एक पुरुषको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत राजविराज नगरपालिका–३ हटियाका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुष राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा प्राध्यापन पेशामा सम्लग्न थिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएका उनको स्वास्थ्य अवस्था जटिल भएपछि धरान भर्ना गरिएको थियो । धरानमा भर्ना भएका उनीको शुक्रबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

धरानमा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीलाई प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो । यससँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *