खोलामा नवजात शिशुको शव भेटियो

काठमाडौँ । वीरेन्द्रनगरमा नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ र ६ को बीचमा पर्ने खोर्केखोलाको रातो पुल नजिक खोलामा बगिरहेको अवस्थामा शव भेटिएको हो ।

प्रहरीले उक्त शव बालकको रहेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जन्मेलगत्तै शिशु फालिएको हुनसक्ने बताए ।

“शवको प्रकृति हेर्दा जन्मिने बित्तिकै फ्याँकिएको देखिन्छ”, उनले भने, “कसले किन फालेको हो भन्नेबारे अनुसन्धान शुरु भइसकेको छ ।”

प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शव परीक्षणका लागि प्रदेश अस्पताल कालागाउँ पठाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *