ओली-प्रचण्डद्वारा अन्तरपार्टी निर्देशन जारी, के-के छन् निर्देशन ?

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन जारी गरेको छ ।  भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले गरेका निर्णयको आधारमा अन्तरपार्टी निर्देशन-५ जारी गरिएको हो ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार १६ बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

गत साउन ३० गते विवाद समाधान कार्यदलले दिएको सुझावलाई संशोधन गरी अध्यक्षद्वयले २६ गतेको स्थायी कमिटी बैठकमा पेश गरेका थिए । उक्त प्रस्ताव बैठकले पारित गरेको थियो । सोही निर्णयका आधारमा दुई अध्यक्षले अन्तरपार्टी निर्देशन जारी गरेका हुन् ।

अन्तरपार्टी निर्देशनमा पार्टीलाई जीवन्त बनाउने कुरा समेटिएका छन् । पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा सङ्गठनात्मक क्षेत्रमा काम गर्ने, एकताको राष्ट्रिय महाधिवेशन गर्नेजस्ता विषय निर्देशनमा समेटिएका छन् ।

यस्तै सरकारका कामका सम्बन्धमा, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाइने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाइने कुरा निर्देशनमा उल्लेख छ ।

नेपालको सीमा समस्या र समाधान सम्बन्धमा, कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक पुनःरुत्थान गर्ने, बाढी पहिरोद्वारा सिर्जित प्राकृतिक विपत्तिको सामना गर्ने, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *