कपिलवस्तुकी कोरोना सङ्क्रमितको बुटवलमा मृत्यु

काठमाडौँ । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा सोमबार बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा भदौ २१ गते मिर्गौलाको डायलिसिस गराउन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा लगिएको थियो । सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो ।

कोरोना विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षमा १७ र भेन्टिलेटरमा एक जना कोरोना सङ्क्रमितको उपचार भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *