बाग्लुङ पहिरो : पाँच घर पुरिए, एक बेपत्ता

काठमाडौँ । अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा सोमबार बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् ।

घरमाथिबाट झरेको पहिरोले पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार परिवारका अन्य पाँच सदस्य भने सकुशल छन् ।

पहिरोले पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षत्री र तारादेवी क्षत्रीका घरमा पूर्णरूपमा क्षति पुर्याएको प्रहरीले बताएको छ । घटनास्थलमा तत्कालै नेपाली सेना र प्रहरी परिचालन गरी उद्धारको काम भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *