काठमाडौँ । नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मुलुकभर १ हजार ३९ नयाँ सङ्क्रमित थपिएको जानकारी दिएको हो ।
आइतबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थपिएकासहित देशभर कूल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको जानकारी दिए ।
त्यस्तै, पछिल्लो २४ घण्टामा निको भएर घर फर्कनेको सङ्ख्या एक हजार १७३ रहेको छ । यससँगै निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १५ हजार ११७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ७३० जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ७ हजार ३७८ जना होम आइसोलेसनमा छन् ।
त्यसैगरी २४ घण्टामा जम्मा ९ हजार १६५ पीसीआर परीक्षण भएका छन् ।