क्रिकेट खेलाडीले पाए एक वर्षको तलब

Last Updated Date:

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुले एक वर्षको तलब पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सबै राष्ट्रिय खेलाडीको २०१९ को तलब बैंक खातामा पठाएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले केन्द्रीय सम्झौतामा रहेका खेलाडीको २०१९ को रोकिएको तलब पठाएपछि क्यानले खेलाडीको बैंक खातामा पठाएको हो ।

खेलाडीहरुको तलब प्रतिमहिना १० हजारका दरले बढेर आएको छ । २०२० को तलब भने आइसिसीले पठाएको छैन ।

क्यानले ग्रेड ए ,बी र सी श्रेणी गरी २२ जना खेलाडीहरुको रोकिएको तलब पठाएको हो । आइसिसीले २०१९ का लागि ए श्रेणीको मासिक ४५ हजार, बी श्रेणीको मासिक ३५ हजार र सी श्रेणीको मासिक २५ हजार रुपैयाँका दरले पठाएको हो ।

आईसीसीले ए श्रेणीको मासिक ३५ हजार, बी श्रेणीको मासिक २५ हजार र सी श्रेणीको मासिक १५ हजार रुपैयाँ तोके पनि क्यानको अनुरोधमा प्रत्येक श्रेणीका खेलाडीहरुको तलबमा १० हजारका दरले बढाएर पठाएको हो ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top