चिनियाँ राष्ट्रपति सीद्वारा कोभिड १९ विरुद्धको लडाईका मोडेलहरुको प्रशंसा

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनपिङले कोभिड १९ महामारीविरुद्ध चीनले अपनाएको लडाईका मोडेलहरुको प्रशंसा गरेका छन् ।

बेइजिङमा अवस्थित रहेको ‘ग्रेट हल अफ द पिपल’मा बोलाइएको एक सभालाई मंगलबार बिहान सम्बोधन गर्दै उनले प्रशंसा गरेको समाचारमा जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट कोरोना भाइरस सङ्क्रमण शुरु भएको थियो ।

चीनबाट सुरु भएको कोरोना प्रकोपका कारण हालसम्म विश्वभरी आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भैसकेको छ । त्यस्तै विश्वमा दुई करोड ७४ लाख ९२ हजार ९८२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

यद्यपी चीनले भने यस महामरीलाई विभिन्न मोडलहरुको सहयोगले नियन्त्रणमा लिन सफल भएको छ । चीनमा ८५ हजार १४४ कोरोना भाइरस सङ्क्रमित भएका थिए । सङ्क्रमणबाट चीनमा ४ हजार ६३४ जनाको मृत्यु भएको थियो ।

चीनमा ८० हजार ३३५ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । हाल चीनमा ११५ जनामा मात्र कोरोना भाइरस सङ्क्रमण रहेको छ । सिन्ह्वा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *