फुस्रे व्यारेकका ८३ जना सैनिकमा कोरोना संक्रमण

  • देवेन्द्रकिशोर ढुंगाना

बिर्तामोड । सैनिक आवासीय महाविद्यालय धरानस्थित फुस्रे व्यारेकमा नेपाली सेनाका लागि सञ्चालन गरिएको क्वारेन्टिनमा रहेका ८३ जना सैनिकमा कोरोना संक्रमण देखिएको छ ।

सेनाको पूर्वी पृतना मुख्यालय अन्तरगत बिदा, तालिम, सरुवा, शान्तिसेना तथा अन्य कामको सिलसिलामा विभिन्न युनिटबाट आएका सैनिक र उनीहरुको परिवारका लागि सञ्चालन गरेको क्वारेन्टिनमा रहेका ८३ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षण गरिएका अन्य १६ जना सैनिकको रिपोर्ट भने नेगेटिभ आएको छ ।

कोरोना संक्रमण पुष्टि भएका एक महिला सैनिकको बच्चासहित ८३ जनालाई पूर्वी पृतना मुख्यालयद्धारा मोरङ्गको याङ्गशिलास्थित राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयमा व्यवस्थित रुपमा सञ्चालित आइसोलेसन सेन्टरमा पठाइएको छ ।

पूर्वी पृतना मुख्यालयकी जनसम्पर्क अधिकृत उर्मिला केसीका अनुसार स्वदेश र विदेशका विभिन्न स्थानबाट प्रदेश नम्बर १ का विभिन्न युनिटका लागि आएका सैनिकहरुलाई उक्त क्वारेन्टिनमा राख्ने गरिएको छ ।

क्वारेन्टिनमा रहेका संक्रमित वा अन्य व्यक्तिहरु त्यहाँ आएपछि बाहिरी व्यक्ति, समुदाय वा अन्य सैनिक व्यारेकसँग सम्पर्क हुन नपाएकोले यसबाट समुदायमा संक्रमण नफैलिएको पनि पृतना मुख्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *