कोरोनाको कथा ‘ढोका’ 

Last Updated Date:

काठमाडौँ । विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई समेटेर निर्माण गरिएको ‘ढोका’ नामक लघु चलचित्र सार्वजनिक भएको छ ।

निर्देशक दिवश धितालको लेखन तथा निर्देशन रहेको चलचित्र बन्डेड लायन प्रोडक्सनको अफिसियल युटुब च्यानलबाट सोमबार सार्वजनिक भएको हो ।

निर्देशक धितालले आम मानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई फिल्ममार्फत उतारिएको जानकारी दिए ।

फिल्मको छायाङ्कन तथा सम्पादन बरुण कोईरालाले गरेका छन् । कोइराला भारतमा गएर छलचित्र छायाङ्कन अध्ययन गरेर केही वर्ष भारतको चलचित्र उद्योगमै छायाङ्कनको अनुभव लिएर नेपाल आएका हुन् ।
बरुणले यश फिल्ममा साउण्ड डिजाईन को पनि काम गरेका छन् ।

‘ढोका’ लाई निर्माता राजाराम गौतमले निर्माण गरेका हुन् । फिल्ममा कलाकार आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ ।

फिल्ममा निर्माण नियन्त्रण विवेक चौलागाई रहेका छन् ।

 

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top