गण्डकी प्रदेशमा थप ७६ जनामा कोरोना संक्रमण

काठमाडौँ । गण्डकी प्रदेशमा ७६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सोमबार बिहानै थप ७६ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोजविन्दु शर्माले जानकारी दिए ।

थपिएकामध्ये पोखरा महानगरपालिकाका ३१, नवलपरासीपूर्वका १५, गोरखाका १८ र तनहुँका तीन जना रहेको निर्देशनालयले जनाएको छ ।

पोखरामा थपिएकामध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र आठ पुरुष छन् । त्यस्तै मेडिसिटी अस्पतालमा उपचाररत दुई, पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत दुई/दुई स्टाफ नर्स र सहयोगी छन् । सङ्क्रमित सबैलाई आइसोलेशन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५९८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *