चिनियाँ राष्ट्रपतिको पाकिस्तान भ्रमण स्थगित

चीनका राष्ट्रपति सि चिनफिङको पाकिस्तान भ्रमण तत्कालका लागि स्थगित भएको छ । कोरोनाभाइरसको महामारीबाट सृजित कठिन परिस्थितिका कारण भ्रमण हाललाई स्थगित भएको पाकिस्तानका लागि चिनियाँ राजदूत याओ जिङ्ले जानकारी दिएका छन् ।

उनका अनुसार पाकिस्तान र चीन दुवै देशका कूटनीतिक अधिकारीहरुले भ्रमणको नयाँ मितिका बारेमा छलफल गरिरहेका छन् र भ्रमण तालिका चाडै नै सार्वजनिक गर्नेछन् । पाकिस्तानको गिजा महलमा भएको पत्रकार सम्मेलनमा उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको निमन्त्रणामा चिनियाँ राष्ट्रपति चिनफिङ पाकिस्तान भ्रमणमा आउने तयारी भएको जानकारी दिए ।

चीन र भारतका बिच सीमा विवाद भइरहेका बेला भ्रमणको मिति तय भएको र विवाद कायमै रहेका बेला चिनियाँ राष्ट्रपतिको पाकिस्तान भ्रमणलाई चासोका साथ हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *