कोरोनाबाट २४ घण्टामा १४ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्र थप १४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण विगत २४ घण्टामा १४ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार मृतकमध्ये महिला ४ र पुरुष १० जना पुरुष छन् । मन्त्रालयका अनुसार मृत्यु हुने महिलामा चितवनकी ३५ वर्षीया र काठमाडौँका ८२ वर्षीया, ६७ वर्षीया र २२ वर्षीया महिला छन् ।

त्यस्तै सप्तरीका ५५ वर्षका २ जना, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुष छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *