चितवनमा एकैदिन थप ७४ जनामा कोरोना संक्रमण

काठमाडौँ । चितवनमा एकैदिन थप ७४ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर कोभिड प्रयोगशालामा थप १७ जना र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ५६ जना भरतपुर महानगरपालिकाका छन् । यस्तै, राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ र कालिका नगरपालिकाका २ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु एक वर्षदेखि ७४ वर्ष उमेरसम्मका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाको आज अन्तिम दिन यति धेरै संख्यामा संक्रमित फेला परेका हुन् । चितवनमा हालसम्म संक्रमितको संख्या झण्डै ९ सय पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *