कोरोना संक्रमणबाट चार दिनको अन्तरमा आमा छोराकै मृत्यु

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत संक्रमित ४० वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।

अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भैरहेकोमा उनको मृत्यु भएको हो । कोरोना संक्रमणकै कारण उनकी आमाको पनि भदौ १३ गते पाटन अस्पतालमै मृत्यु भएको थियो ।

युवकमा कोरोना संक्रमण देखिएपछि परिवारका सदस्यहरुमा परीक्षण गर्दा उनको बाबु, आमा, पत्नी र दुई छोराछोरीमा पनि संक्रमण पुष्टि भएको थियो ।

संक्रमित परिवारका अन्य सबै होम आइसोलेसनमा रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *