चीनको चेतावनी : एक चीन नीतिका विरुद्ध उभिनेले भारी मूल्य चुकाउनुपर्छ

चिनियाँ विदेशमन्त्री वाङ यीले एक चीन नीतिका विरुद्ध उभिनेले भारी मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

चेक सिनेटका सभापतिको थाइवान भ्रमणलाई लिएर उनले यस्तो चेतावनी दिएका हुन् । भ्रमणले सार्वजनिक चुनौती दिएको र उनी पछाडिको चीनविरोधी शक्तिबारे चीन जानकार रहेको पनि उनको भनाइ छ ।

चीन सरकार र चिनियाँ जनताले यसलाई वेवास्ता नगर्ने भन्दै उनले छोटो अवलोकन व्यवहार र राजनीतिक अनुमानका लागि भारी मूल्य तिर्न लगाउने चेतावनी दिए ।

जर्मनीको भ्रमणमा रहेका वाङले गत सोमबार चेक सेनेटका सभापतिसँग थाइवानको भ्रमणबारे धारणा व्यक्त गर्दै यस्तो बताएका हुन् ।

उनका अनुसार, थाइवान चिनियाँ अविच्छिन्न भूभाग हो । ‘थाइवान मामिलाबारे एक चीनको नीतिमाथि चुनौती दिनु भनेको एक अर्ब चालीस करोड चिनियाँ जनतासँग शत्रुता बढाउनु हो र त्यो अन्तर्राष्ट्रिय विश्वासघाती गतिविधि हो”, उनले भनेका छन् । सीआरआइबाट 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *