लिदी पहिरो : मृतकको संख्या ३७ पुग्यो, दुई अझै बेपत्ता

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ । योसँगै पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ ।

मंगलबार १७ वर्षीय सुवास पाख्रिनको शव भेटिएपछि मृतकको सङ्ख्या ३७ पुगेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यसअघि ३६ जनाको शव भेटिएकामा २ जना अझै बेपत्ता छन् । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए ।

पहिरामा बेपत्ता अन्य दुई जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा खोजी भइरहेकोे प्रहरीले जनाएको छ ।

पहिरोमा परि ३७ घर क्षति भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *