सिरहामा कोरोना सङ्क्रमणबाट थप एकको मृत्यु

काठमाडौँ । कोरोना सङ्क्रमणबाट सिरहामा थप एक जनाको मृत्यु भएको छ । सिरहाको मिर्चैया नगरपालिका–६ का ५५ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।

भदौ १० गते संक्रमण पुष्टि भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियूमा उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित उनको यसअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिए थियो ।

उपचारकै क्रममा उनको प्रतिष्ठानमा मृत्यु भएको प्रमुख यादवले बताए । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सिरहामा सात पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *