कोरोना अपडेट : थप ८९९ जनामा संक्रमण, संक्रमितको संख्या ३९ हजार ४६० पुग्यो

काठमाडौँ । नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मुलुकभर ३०३ महिला र ५९६ पुरुष गरी ८९९ नयाँ सङ्क्रमित थपिएको जानकारी दिएको हो ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज थपिएका सहित देशभर कूल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको जानकारी दिए ।

त्यसैगरी, पछिल्लो २४ घण्टाको अवधिमा थप ७ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा निको भएर घर फर्कनेको सङ्ख्या ५८८ रहेको छ । यससँगै निको हुनेको संख्या २१ हजार ४१० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १७ हजार ८२२ जना सक्रिय संक्रमित रहेका छन् । १० हजार ७०१ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ७ हजार १२१ जना होम आइसोलेसनमा छन् ।

गत २४ घण्टामा ११ हजार १२९ पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए । उनले हालसम्म पीसीआर विधिबाट ६ लाख ९३ हजार ४७२ परीक्षणहरु गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *