होम आइसोलेशनमा बसेकी संक्रमित महिलाको मृत्यु

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणका कारण होम आइसोलेशनमा बसेकी एक महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका –५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।

भदौ ११ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो ।

अहिले शव अस्पतालमै रहेको नगरपालिकाले जनाएको छ । उनको आजै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *