उपत्यकामा थपिए ४२९ कोरोना संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर दैनिक रुपमा बढिरहेका बेला पछिल्लो २४ घण्टामा थप ४२९ जना नयाँ संक्रमित भेटिएका छन् ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि भनेको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका हुन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा मुलुकभर १२२१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसंगै देशभर संक्रमितको कूल संख्या ३८ हजार ५६१ पुगेको छ ।

पछिल्ला दिनमा राजधानीमा कोरोना संक्रमणको जोखिम बढेपछि उपत्यकाका तिनै जिल्लामा निषेधाज्ञा लागू  गरिएको छ । यद्यपि संक्रमितको संख्या भने घटेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *