कोरोना अपडेट : पछिल्लो २४ घण्टामा देशभर १२२१ जनामा संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मुलुकभर ३४८ महिला र ८७३ पुरुष गरी १२२१ नयाँ सङ्क्रमित थपिएको जानकारी दिएको हो ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार थपिएका सहित देशभर कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको जानकारी दिए ।

त्यसैगरी, पछिल्लो २४ घण्टाको अवधिमा १४ जनाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै, पछिल्लो २४ घण्टामा निको भएर घर फर्कनेको सङ्ख्या २६७ रहेको छ । यससँगै निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १७ हजार ५१८ जना सक्रिय संक्रमित रहेका छन् । १० हजार ६१२ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ६ हजार ९०० जना होम आइसोलेसनमा छन् ।

गत २४ घण्टामा १२ हजार ७१७ पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *