बुटवलमा अर्को एक कोरोना संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको आज १२ः३० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार बिहान ४.३५ बजे अस्पतालको फिभर क्लिनिकमा स्वास्थ्य जाँच र पिसिआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ देखिएपछि सोही क्लिनिकको आइसोलेशनमा भर्ना गरिएको थियो ।

कोरोना सङ्क्रमित मृतकमा मुटुरोग, मधुमेह र उच्च रक्तचाप रहेको अस्पतालले जनाएको छ ।

बुटवलमा दैनिक कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ भने मृतकको संख्या पनि वृद्धि हुँदै गएको छ । रुपन्देहीमा अहिलेसम्म कोरोनाका कारण ९ जनाको मृत्यु भैसकेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *