अब सोह्र श्राद्ध पनि अनलाइनबाटै

Last Updated Date:

तिलोत्तमा नगरपालिकाले आगामी भदौ १७ गतेदेखि सुरु हुने सोह्र श्राद्धलाइ अनलाइनबाटै गर्न नगरवासीसँग आग्रह गरेको छ ।

कोभिड १९ को संक्रमण समुदायस्तरमा बढ्दै गएपछि सम्भावित संक्रमण न्यूनीकरण गर्नलाई अनलाइनबाटै सुरक्षित रूपमा श्राद्ध सम्पन्न गर्न नगरपालिकाले आग्रह गरेकाे हाे ।

एकजना पुरोहित सोह्र श्राद्ध कार्यमा एकै दिनमा धेरै जनाको घरमा जाने प्रचलन रहेकोमा यसपटक वैकल्पिक रुपमा भर्चुअल माध्यमबाट सोह्र श्राद्ध गर्न/गराउन नगरपालिकाले अनुरोध गरेको छ ।

कोरोना संक्रमणको संख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा पारिवारिक संस्कार गर्दा मानिसहरु भेला हुने भएकाले कोरोनाको जोखिम कम गर्न विभिन्न वैकल्पिक विधि अपनाउने प्रवृत्ति बढेको छ ।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top