कोरोना अपडेट : २४ घण्टामा थप ८८४ जनामा संक्रमण, १२ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मुलुकभर ८८४ नयाँ सङ्क्रमित थपिएको जानकारी दिएको हो ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार थपिएका सहित देशभर कुल संक्रमितको संख्या ३७ हजार ३४० पुगेको जानकारी दिए । शनिबार थपिएका संक्रमित्मा २४२ महिला र ६४२ पुरुष रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा निको भएर घर फर्कनेको सङ्ख्या ३१३ रहेको छ । यससँगै निको हुनेको संख्या २० हजार ५५५  पुगेको छ ।

हाल देशभर १६ हजार ५८७ जना सक्रिय संक्रमित रहेका छन् । १० हजार १४५ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ६ हजार ४५५ जना होम आइसोलेसनमा छन् ।

गत २४ घण्टामा ११ हजार ५१६ पीसीआर परीक्षण गरिएको छ ।

२४ घण्टामा १२ जनाको मृत्यु 

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाले ज्यान गुमाएका छन् । कोरोनाका कारण विगत २४ घण्टामा १२ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार मृतकमध्ये २ महिला र ९ जना पुरुष छन् । मृत्यु हुनेहरुमा पाल्पा, काठमाडौँ र भक्तपुरका १-१ जना महिला रहेका छन् ।

त्यस्तै पर्सा र ललितपुरका २–२ तथा सिरहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका १–१ जना पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । शुक्रबार पनि १२ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *