कोरोनाबाट चितवनमा थप एक जनाको मृत्यु

काठमाडौँ । चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

मिर्गौलाको समस्याका कारण गत साउन २६ गते अस्पताल भर्ना भएकी मृतक महिलामा भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यो सँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । तीमध्ये चितवनका चार, कैलालीका एक, मकवानपुरका चार र गोरखाका एक जना रहेका छन् । चितवनकी एक वृद्धाको कोरोना सङ्क्रमणका कारण घरमा नै मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *