काठमाडौँ । नेपालमा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा मुलुकभर ९२७ नयाँ सङ्क्रमित थपिएको जानकारी दिएको हो ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबार थपिएका सहित देशभर कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको जानकारी दिए ।
त्यस्तै, पछिल्लो २४ घण्टामा निको भएर घर फर्कनेको सङ्ख्या १६९ रहेको छ । यससँगै निको हुनेको संख्या २० हजार २४२ पुगेको छ ।
हाल देशभर १६ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् । ९ हजार ५७३ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने ६ हजार ४४६ जना होम आइसोलेसनमा छन् ।
गत २४ घण्टामा १० हजार २२९ पीसीआर परीक्षण गरिएको छ ।