ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु

काठमाडौँ । रुपन्देहीको सैनामैना नगरपालिका –५ स्थित बुद्धनगरमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मालवाहक ट्रकको ठक्करबाट दिँदा शुक्रबार एक पैदल यात्रुको मृत्यु भएको छ ।

वीरगञ्जबाट धनगढीतर्फ जादै गरेको ना ६ ख ५७०२ नम्बरको ट्रकले ठक्‍कर दिँदा पैदल यात्रु सैनामैना –६ का १६ वर्षीय विनोद विकको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक कमल परियारका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विकको लुम्विनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्युभएको हो ।

प्रहरीले चालक र गाडीलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *