उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं । उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार दिउँसो ट्वीट गर्दै चौधरीले आफूमा संक्रमण पुष्टि भएको बताएका हुन् । ।

उनले कोरोना परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको बताएका छन् । संक्रमण पुष्टि भएपनि आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गरेका छन् ।

डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

उधोगपति चौधरी नेपाली कांग्रेस सांसद पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *