२४ घण्टामा थपिए ११ सय बढी संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौँ । कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिरहेका बेला पछिल्लो २४ घण्टामा थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा १ हजार १११ जनामा संक्रमण देखिएको जानकारी दिए । योसंगै नेपालमा कूल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

कुन जिल्लामा कति थपिए ?

प्रदेश १ : मोरङका २०, सुनसरीका ३८, संखुवासभाका ४ र खोटांगका १ जना

प्रदेश २ : पर्साका ८५, धनुषाका ३९, बाराका ३०, सप्तरीका २२, रौतहटका १५, सिराहा र महोत्तरी ७/७/ र सर्लाहीका ६ जना

बागमती प्रदेश : काठमाडौंका २७०, ललितपुरका ६६, मकवानपुरका ६३, चितवनका ४५, भक्तपुरका ४१, काभेका १३, नुवाकोटका ७, रामेछापका ६, सिन्धुलीका ५, सिन्धुपाल्चोकका ३, दोलखाका २ र धादिङका १ जना

गण्डकी प्रदेश : नवलपरासी पूर्वका १७, तनहुँका ११, बागलुङका ८, लमजुङका ३, कास्कीका २, पर्वत र गोर्खाका १/१ जना

प्रदेश ५ : बाँकेका ७५, रुपन्देहीका ७२, कपिलवस्तुका २१, नवलपरासीका १८, प्युठानका ४, गुल्मीका ३, दाङका २, कपिलवस्तुका २, र बर्दियाका १ जना

कर्णाली प्रदेश : दैलेखका १२, सुर्खेतका ९, जाजरकोटका ५ जना

सुदूरपश्चिम प्रदेश : कैलालीका २०, बैतडीका १७, डोटी र कञ्चनपुरका ६/६ र बझाङका १ जना

त्यस्तै, पछिल्लो २४ घण्टामा ५६९ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट अहिलेसम्म ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ । बिहीबार थप ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *