हिरासतमा रहेका युवकको मृत्यु, प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ । साथीको हत्या काण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका रौतहटको गरुडा नगरपालिका–८ जिंगडिया टोलका १९ वर्षीय विजयराम चमारको प्रहरीको कुटपिटबाट मृत्युु भएको परिवारले आरोप लगाएको छ ।

प्रहरी हिरासतमा रहेका चमारको गए राति मृत्युु भएको हो । सोही ठाउँका २० वर्षीय निरञ्जन राम चमारको हत्याको आरोपमा पक्राउ परेका विजयरामको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा बुधबार राति १२ः३० बजे मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए ।

हत्या आरोपमा पक्राउ परेका छोरालाई प्रहरीले मरणासन्न हुने गरी कुटपिट गरेकाले मृत्यु भएको मृतकका बाबु पनिलालले आरोप लगाए ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले भने हिरासतमा राखिएका बेला मृतक को पिसाब तथा मिर्गौलामा समस्या आएपछि अनामिका अस्पतालबाट थप उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना गरिएको र उपचारका क्रममा मृत्यु भएको बताए ।

गत साउन ३१ गते निरञ्जन रामले गाउँकै एक महिलासँग अवैध सम्बन्ध राखेको भन्दै उनकै साथीहरुले धारिलो हतियारले घाँटी रेटेर हत्या गरी गाउँ नजिकै फालेका थिए । हत्या आरोपमा प्रहरीले सोही ठाउँका २० वर्षीय अजयकुमार रञ्जन, १९ वर्षीय विवेक यादव, अर्जुुन राम, सिकेन्द्र राम र विजयराम तथा अन्दाजी २२ वर्षीय शेख आजादसहित सात जनालाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *