लुम्बिनी प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत अर्की एक जना संक्रमितको मृत्यु भएको छ । प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको बिहीबार बिहान मृत्यु भएको हो ।

गत भदौ १ गते अस्पतालमा भर्ना भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

साउन २६ गते कोरोना पोजेटिभ देखिएकी महिला साउन ३१ गते अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भदौ ५ गते भेन्टिलेटरमा राखिएको थियो ।त्यसपछि भदै ७ गते कोरोना निको भएका बिरामीबाट प्लाज्मासमेत दिइएको थियो ।

मृतक महिलामा उच्च रक्तचाप र निमोनियाको समेत समस्या थियो ।

योसंगै अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसअघि कपिलवस्तुका एक जना पुरुषको बुधबार राति मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *