एकै परिवारका पाँच जनालाई घरमै झुण्ड्याएर हत्या

भारतको मध्यप्रदेशस्थित एकै घरका पाँच जनाको सामूहिक हत्या भएको छ । पाँचै जनालाई उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको भारतीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राति यो घटना भएको हो । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको जनाएको हो ।

उनीहरु एकै घरका सदस्य रहेको छिमेकीले जानकारी दिएका छन् । हत्याको किन र कसले गर्यो भन्ने बारेमा केही खुलेको छैन ।

प्रहरीले ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरुको सहयोगमा घटनाको अनुसन्धान गरिरहेको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्ने छ ।

मध्यप्रदेशको टिकमगर जिल्लामा यस्तो घटना भएको बताइएको छ । टिकामगर जिल्लाका एसपी प्रशान्त खरेलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले आइतबार राति घरका सबै जना सदस्यलाई झुण्ड्याएर हत्या गरिएको पुष्टि भएको जनाएका छन्  ।

खरेले सञ्चारमाध्यमहरुलाई आफूहरुले वैज्ञानिक रुपमा यसको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने बताएका छन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *