भक्तपुरमा उपचाररत् बुटवलका कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत् एक पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

मिर्गौलाका बिरामीसमेत रहेका बुटवल उपमहानगरपालिका–११ महादेव पथका ५४ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

संक्रमित पुरुष मिर्गौला रोगबाट पीडित थिए । उनलाई आइतबार डायलाइसिस गर्न अस्पताल ल्याएको र उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *