यी हुन् कोरोना भाइरसको संक्रमण नदेखिएका विश्वका १० देश

काठमाडौं । गत वर्ष डिसेम्बरको अन्त्यतिर छिमेकी मुलुक चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण अहिले विश्वभर फैलिएको छ । पछिल्लो समय संक्रमण डरलाग्दो गरि फैलिंदै जाँदा मर्नेहरुको संख्यासमेत दिनानुदिन बढिरहेको छ ।

सोमबार बिहानसम्मको तथ्यांकअनुसार २१३ देशमा भाइरसको संक्रमण पुगिसकेको छ । प्राप्त पछिल्लो रिपोर्टअनुसार कोरोना भाइरसका कारण हालसम्म आठ लाख १२ हजार ५३७ जनाको मृत्यु भैसकेको छ भने दुई करोड ३५ लाख ८६ हजार ६४१ जनामा यसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढीरहेका बेला विश्वका केही मुलुकमा भने यसको संक्रमण देखिएको छैन । विश्वका विभिन्न १० मुलुकमा हालसम्म कोरोनाको संक्रमण नदेखिएको बीबीसीमा उल्लेख छ ।

यी हुन् कोरोना भाइरसको संक्रमण नदेखिएका १० देश

पलाऊ
माइक्रोनेसिया
मार्सल द्वीप समूह
नाउरू
किरिबाती
सोलोमन द्वीप समूह
तुवालु
समोआ
भानुआटु
टोंगा

कोरोना भाइरसबारे नियमित अपडेट दिइरहेको वोर्डोमिटर्सइन्फोमा आधारित भएर हामीले यो समाचार तयार गरेका हौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *