काठमाडौँ । बुटवलको कोरोना विषेश अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीका ३८ वर्षीय पुरुष र ६७ वर्षीय महिला रहेको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए ।
कोरोना विशेष अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै उनीहरुको मृत्यु भएको हो ।
गत भदौ १ गते अस्पताल भर्ना भएका मृतक पुरुषमा श्वासप्रश्वास र ज्वरो देखिएपछि भदौ २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
त्यस्तै, महिला साउन ३१ मा अस्पताल आएकी थिइन् । खोकी, ज्वरो र श्वासप्रश्वाशमा समस्या देखिएपछि उनलाई भदौ ३ गतेदेखि भेन्टिलेटरमा राखिएको थियो ।
योसँगै कोरोना संक्रमणका कारण रुपन्देहीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।