कोरोना अपडेट : २४ घण्टामा उपत्यकामा १६६ सहित ८१८ संक्रमित थपिए, तीन जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढिरहेका बेला पछिल्लो २४ घण्टामा ८१८ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न प्रगोग्शालामा गरिएको परीक्षणमा ८१८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १२ हजार ५१९ नमूना परीक्षण गरिएको थियो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा निको भएर घर फर्कनेको सङ्ख्या २८१ रहेको छ । योसंगै हालसम्ममा १८ हजार ६३१ जना सङ्क्रमबाट मुक्त भएका छन् ।

हाल देशभर १३ हजार १५५ जना सक्रिय संक्रमित रहेका छन् भने  ९ हजार २१२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै होम आइसोलेसनमा ३ हजार ९४३ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृतकको कूल संख्या १४९ पुगेको छ ।

उपत्यकामा थपिए १६६ संक्रमित 

काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण दर दैनिक रुपमा बढिरहेका बेला पछिल्लो २४ घण्टामा १६६ नयाँ संक्रमित थपिएका छन् ।

प्रवक्ता डा. गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १६६ जनामा कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमित पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *