कविता : तिनीले बुझून्।।।

Last Updated Date:

मन्दबीष बमनकर्ताको पूनर्चलखेल
सम्भाबित सकूनी सञ्जालहरू
निष्पट पूर्वतूफानी सन्नाटा भित्र
जालो बुन्न उद्धत छन् माकुराहरू,,

न्यूटनको तेस्रो नियम;
डार्विनको सिद्धान्त;
यूगीन सापेक्षताको सिद्दहस्तता सङ्गै
जवाफी प्रतिकृयाको निम्ती तम्तयार छन् तिनीले बुझुन्।

झूट,बेइमानी र जालझेल
भ्रामक अभिनयको रोदनसंग
क्षणिक बैधता प्राप्त होला
अन्तत: सोफोक्लिसको तरवार
आफैतर्फ तेर्सिन्छ नै तिनीले बुझुन्।

अनबरत सङ्घर्षको महासागरमा
न भूतो न भबिष्यती
असङ्ख्य प्रतिकूलताका बिच
अटल अजेय पदचापहरू
लम्किरहेछन् सत्य न्याय निम्ती आफ्नै शैलीमा
यात्रामा कुनै ङ्यार्र ङुर्र सङ्ग
ब्यबधान, षड्यन्त्र औ जालसाजी सङ्ग
किञ्चित निरसता प्रदर्सित गर्दैनन् यी तिनीले बुझून्।
र बिश्राम लिँदैनन् तबसम्म
जबसम्म गन्तब्यलाई चुम्दैनन्
अत्याचारलाई परास्त गर्दैनन्
स्वभिमानलाई बुलन्द पार्दैनन् तिनीले बुझून्।।।

यो सामग्री सेयर गर्नुहोस

तपाईलाई माथिको समाचार/लेख कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस ।
Top